नियम २८
पुनर्स्थापना केन्द्रको व्यवस्थापन
: (१) नियम २६ बमोजिम स्वीकृति लिई स्थापना तथा सञ्चालन: हुने प्रत्येक पुनर्स्थापना केन्द्रको व्यवस्थापनको लागि देहाय बमोजिमको व्यवस्थापन समिति रहनेछ :-
(क) सम्बन्धित गाउँ कार्यपालिकाको अध्यक्ष वा नगर -अध्यक्ष कार्यपालिकाको अध्यक्ष
(ख) सम्बन्धित स्थानीय तहको सामाजिक विकास हेर्ने कर्मचारी -सदस्य
(ग) अपाङ्गता भएका व्यक्ति, परिवारका सदस्य वा संरक्षकहरू मध्येबाट अध्यक्षले तोकेको एक सदस्य जना (घ) अपाङ्गता भएका स्थानीय समाजसेवी मध्येबाट अध्यक्षले तोकेको एक जना महिला सहित दुई सदस्य जना
(ङ) पुनर्स्थापना केन्द्रको प्रमुख -सदस्य-सचिव
(२) उपनियम (१) बमोजिमको समितिले ऐन, यस नियमावली तथा प्रचलित कानूनको अधीनमा रही पुनर्स्थापना केन्द्रको सञ्चालन सम्बन्धी कार्यविधि तयार गरी सोको आधारमा पुनर्स्थापना केन्द्र सञ्चालन गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिमको समितिले पुनर्स्थापना केन्द्रमा रहेका प्रत्येक अपाङ्गता भएका व्यक्तिको छुट्टा छुट्टै व्यक्तिगत विवरणको अभिलेख राख्नु पर्नेछ ।